१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गोरखा अस्पतालका चिकित्सकद्वारा हातमा कालोपट्टी बाँधेर उपचार

हातमा कालोपट्टी बाँधेर काम गर्दै गोरखा अस्पतालका चिकित्सकहरु।

डाक्टरलाई ढोका थुनेर कुटपिट गरेकाहरुलाई कडा कारबाहीको माग गर्दै गोरखा अस्पतालका चिकित्सकले हातमा कालोपट्टी बाँधेर काम गरेका छन्। मंगलबार बिहान उपचार सेवा सुरु गर्नुअघि चिकित्सकहरुले सामुयिक भेला भएर कालोपट्टी बाँधेर मात्रै सेवा थालेका थिए।

कात्तिक ६ गते गोरखा अस्पतालका ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई  फितलो मुद्धामा कारबाही हुन लागेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। ‘कडा कारबाहीको माग गर्दै हातमा कालोपट्टी बाँधेर काम गरिएको हो’ अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठले भने ‘कारबाही नहुँदासम्म यो प्रक्रिया जारी रहन्छ।’

अदालतमा दर्ता गर्ने मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी प्रहरीले फितलो कारबाही गर्न खोजेको आरोप नेपाल चिकित्सक संघको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को दफा ३ को नंबर ‘ग’मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोटपटक पुर्‍याउन नपाउने व्यवस्था छ।

यदि त्यसो गरेमा तीन वर्षसम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ तर प्रहरीले नंबर (च) अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको चिकित्सक संघका उपाध्यक्ष अनिल बिक्रम कार्कीले बताए। फितलो मुद्दाले दोषीको मनोवल बढाउने र निर्दोष चिकित्सकको मनोवल गिराउने काम भएको चिकित्सक संघको तर्क छ।

चिकित्सक कुटेको अभियोगमा गोरखा नगरपालिका वडा नं ९ का २८ वर्षका समीर कुवँर, सोही ठाउँका १९ वर्षका अनुप बस्नेत र गोनपा ३ का २६ वर्षका प्रमोदजंग कुवँरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: १५ कार्तिक २०७९ १३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App