१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सर्लाहीको चक्रघट्टामा ७ सय २५ जनाको निःशुल्क आँखा परीक्षण

फाइल तस्बिर।

सर्लाहीको चक्रघट्टामा एक दिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा ७ सय २५ जनाले आँखा परीक्षण गराएका छन्।

सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा स्थानीय जनशक्ति युवा क्लब चक्रघट्टा ५ पडरियाले चक्रघट्टा बजारमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा ठूलो संख्यामा आँखाका बिरामीको उपस्थिति रहेको थियो।

आँखाको उपचार गराउन आएका सेवाग्राहीसित आफन्तहरु पनि आउँदा शिविरमा ठूलो भीड देखिएको थियो। शिविरमा आँखा परीक्षा गरिएका ७ सय २५ जनामध्ये १ सय जनामा मोतियाविन्दु फेला परेको र फेला परेका मोतियाबिन्दु रोगीलाई सदरमुकाम मलंगवासम्म लगेर मलंगवा आँखा अस्पतालमा निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको आयोजक जनशक्ति युवा क्लबका अध्यक्ष धिरेन्द्र ठाकुरले जानकारी दिए।

शिविरमा आएका बिरामीलाई सहुलियत दरमा उपचार गरिएकै ठाउँमा औषधि पनि उपलब्ध गराइएको आयोजकले जनाएको छ। आँखा उपचार शिविरमा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत सन्जिव यादवसहित विभिन्न जननिर्वाचित प्रतिनिधिहरुको साथै स्थानीय भद्रभलादमी र समाजसेवीहरुको पनि सहभागीता रहेका थियो।

प्रकाशित: ७ आश्विन २०७९ १४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App