२४ मंसिर २०७९ शनिबार
स्वास्थ्य

थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ८२ जनाको नमूना परीक्षण गरिएको थियो।

एक हजार सात सय ५३ जनाको पिसीआर र एक हजार एक सय २९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा एक सय ६१ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार तीन सय ९५ पुगेको छ।  सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ३० रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ। हाल होमआइसोलेशनमा एक हजार सात सय ६६, संस्थागत आइसोलेशनमा ६४ र आइसियुमा १८ सङ्क्रमित रहेका छन्।

देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ। शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्थुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालिकोट, बझाङ र दार्चुला छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा छ सय ९६, ललितपुरमा दुई सय ९४ र भक्तपुरमा ३२ सक्रिय सङ्क्रमित छन्। कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ आश्विन २०७९ १७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App