८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

जुम्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा  घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारासहित जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

जिल्ला भरिका आठै स्थानिय तहमा गई घरधुरी सर्वेक्षण गरि प्राप्त प्रतिबेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको  जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए।

प्रमुख सापकोटका अनुसार जिल्लामा एक सय चौबिस खोप केन्द्र छन्। जिल्लालाई पूर्णखोप घोषणासँगै कार्यक्रमका सहभागीहरूले पूर्णखोप सुनिश्चतता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन्।

यस्तै जिल्लाभर १६ देखि २३ महिना सम्मका दुईहजार सात सय ७५ जना बालबालिकाहरूले राष्ट्रिय खोप तालिका बमोजिम सम्पुर्ण खोप प्राप्त गरी पूर्णखोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री जीवन बहादुर शाही लगाएको सहभागिता रहेको थियो।

प्रकाशित: २३ भाद्र २०७९ १५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App