१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

संसदीय समिति एकपक्षिय ढंगले अघि बढ्यो: नेपाल भेटेरिनरी एशोसिएसन

भेटेरिनरी डाक्टर र पशु प्राबिधिकहरुलाई समान अधिकार प्रदान गर्दै आउन लागेको एन प्रती नेपाल भेटेरिनरी एशोसिएसनले गम्भिर आपत्ति जनाएको छ।

संसदको प्राकृतिक श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले श्रावण २२ गते प्रतिनिधि सभामा पेश गरेको पशु प्राविधिकहरुलाई मात्र नियमन गर्न भनि ल्याईएको 'पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६' माथि एशोसिएसनले आपत्ति जनाएको हो। 

नेपाल भेटेरिनरी एशोसिएसनले संसदीय समिति एकपक्षिय ढंगले अगाडि बढेको बतएको छ। एशोसिएसनले स्नातक गरेका भेटेरिनरी डाक्टर र र अधिकतम ३० महिना डिप्लोमा १०२ गरेका पशु प्राविधिकहरुले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याईएको उक्त विधेयक एक पक्षिय, दमनकारी एवं षडयन्त्रपूर्ण ढंगले ल्याईएको बताएको हो।

एशोसिएसनले एक प्रेस बिगेप्ति जारी गर्दै सो विधेयले भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पुर्याएको भन्दै सम्पूर्ण संसद सदस्यहरुको गम्भीर ध्यानाकर्षणको लागि अनुरोध गरेको छ।

प्रकाशित: २६ श्रावण २०७९ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App