१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानको नवनियुक्त रजिष्ट्रार र अस्पताल निर्देशकले कार्यभार सम्हाले

प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार, अस्पताल निर्देशक र कार्यकारिणी समिति सदस्यहरुलाई सपथ ग्रहण गराउदै उपकुलपति डा.गिरी।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नवनियुक्त रजिष्ट्रार र अस्पताल निर्देशकले मंगलबारदेखि कार्यभार सम्हालेका छन्।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिशमा सहकुलपतिसमेत रहेका स्वास्थ्य मन्त्री भावनी खापङले आइतबार रजिष्ट्रारमा प्रा.डा.सूर्य प्रसाद संग्रौलालाई नियुक्त गरेका थिए भने अस्पताल निर्देशकमा डा.जगत नारायण प्रसादलाई नियुक्त गरेकाथिए। 

रजिष्ट्रार संगौला कांग्रेसी नेतृ डिला संग्रौलाका श्रीमान् हुन्। प्रतिष्ठानमा कर्मचारी तथा चिकित्सकहरुको आन्दोलन चर्कदै गएपछि विवादमा तानिएका तत्कालिन रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले २०७८ भदौमा राजीनामा दिएका थिए।  

यसैगरि, अस्पताल निर्देशकमा नियुक्त डा.प्रसाद यसअघि सहायक अस्पताल निर्देशक थिए। उनी प्रतिठानको एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयरमा एसोसियट प्रोफेसर हुन्। अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहको कार्यकाल पुरा भएपछि यो पद पनि रिक्त थियो। यसैगरि, मन्त्री खापुङले रिक्त रहेको प्रतिष्ठानको कार्यकारणीय सदस्यमा प्रतिष्ठानकै जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी विभागका विभागिय प्रमुख प्रा.डा.ज्ञानेन्द्र बहादुर मल्ल र प्याथोलोजी विभागकी विभागिय प्रमुख प्रा.डा.स्मृती कार्की पनि मनोनित गरेका छन्।

रजिष्ट्रार र अस्पताल निर्देशकले मंगलबार कार्यभार सम्हाल्नुअघि चारै जनालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सपथ ग्रहण गराएका थिए। प्रतिष्ठानका विभागिय प्रमुखहरु, महाशाखा प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक तथा कर्मचारीहरुको उपस्थितीमासपथ ग्रहण भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए। कार्यक्रममा उपकुलपति डा.गिरी र शिक्षाध्यक्ष प्रा.डा.गुरु खनालले नवनियुक्त पदाधिकारीहरुलाई स्वागततथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

नवनियुक्त रजिष्ट्रार संग्रौलार अस्पताल निर्देशक प्रसादले प्रतिष्ठानको हितमा सदैव कार्य गर्ने प्रतिवद्धता जनाए। साथै, प्रतिष्ठान परिवार र सरोकारवालाहरुबाटसहयोगपाउने अपेक्षा पनि दुवैले व्यक्त गरेका थिए। सपथग्रहण लगत्तै उपकुलपति गिरीले रजिष्ट्रार र अस्पताल निर्देशकलाई पदास्थपना पनि गराएका थिए। 

प्रकाशित: १७ श्रावण २०७९ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App