२४ मंसिर २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

चालु आर्थिक वर्ष उदयपुरमा एचआईभी एड्सबाट ९ जनाको मृत्यु

प्राणघातक रोगहरुमध्येको एक एचआईभी एड्स् रोगबाट उदयपुरमा चालुवर्ष ९ जनाको मृत्यु भएको छ । जसमा महिला २ जना र परुष ७ जना रहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।  

गएको असारसम्ममा ४० महिला र ५५ पुरुषसहित ९५ जना वयस्क तथा २ बालिका र ३ बालक सङ्क्रमित भेटिएका छन् । मृत्यु हुनेहरु भने अघिल्लो वर्षदेखि नै विरामीहरु रहेको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले पछिल्लो ३ वर्षयता एड्स रोगीको सङ्ख्या बढ्दै गएको जनाएको छ ।  

०८०–८१ मा भन्दा पछिल्लो ०८१–८२ मा एचआईभी एड्सका बिरामी सङ्ख्या घटेको थियो । ०८०–८१ मा ३३ महिला र ५० पुरुष गरि ८३ जना वयस्क सङ्क्रमित पाइएका थिए भने २ बालिका र ३ बालक गरि ५ बालबालिका सङ्क्रमित थिए । ०८१–८२ मा सो सङ्या घटेर २ महिला र ७ पुरुषमा सीमित भएको थियो । सो वर्ष कुनै बालबालिकामा सङ्क्रमण देखिएको थिएन ।  

तर, गएको असारसम्म आईपुग्दा ९५ जना हुँदै १ सय ९ जना सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालय सरुवा रोग तथा महामारी शाखा प्रमुख लौकाजी राईले बताए । उनका अनुसार सङ्क्रमितहरुलाई औषधि र परीषण सेवा भने नियमित भईरहेको छ ।  

हाल उदयपुरमा १ सय ९ जना सङ्क्रमित रहेको पनि राईले बताए । उनीहरुले नियमित औक्षधि प्रयोग गर्दै आएका छन् । औषधि वितरणका लागि उदयपुर जिल्ला अस्पतालमा एउटा शाखा तोकिएको छ । अस्पतालमा ‘एण्टी रिट्रोभाईरल थेरापी (एआरटी)’ नामक छुट्टै शाखा सञ्चालनमा ल्याएर एड्स सङ्क्रमितको पहिचान, उपचार र औषधि वितरण गर्ने गरिएको छ ।  

स्वास्थ्य शाखा प्रमुख रामनरेश ठाकुरले सो शाखाले जिल्लाका निश्चित तोकिएको स्थानमा बेलाबेलामा शङ्का लागेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गराउने गरिएको छ । त्यस्तै सङ्क्रमित पत्ता लागेपछि उनीहरुको तथ्याङ्क सङ्कलन गर्ने र सङ्क्रमितलाई नियमित औषधि वितरण गर्ने गरेको ठाकुरले बताए । एड्स सङ्क्रमितले रोग रोकथामका लागि एक किसिमिको ट्याब्लेट सेवन गर्नुपर्ने हुन्छ ।  

कार्यालय प्रमुख ठाकुरका अनुसार एड्स पहिलाजस्तो धेरै खतरनाक नभए पनि प्राणघातक मध्येको एक रोग हो । तर, नियमित औषधि सेवन र आहार विहारमा ध्यान दिन सकेमा यो रोग निको हुने तथा निको नभए पनि रोकथाम राम्ररी गर्न सकिने हाकिम ठाकुर बताउँछन् ।  

प्रकाशित: २३ मंसिर २०८२ १९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App