coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

हेमोडायलोसिसमा प्रयोग हुने डायलासेट उत्पादन अन्तिम चरणमा

नेपाल औषधि लिमिटेडले असारको तेस्रो सातादेखि सुरु गरेको हेमोडायलोसिस उत्पादन प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। शुक्रवार नेपाल औषधी लिमिटेडका महाप्रवन्धक मोहम्मद सफिउल्लाहले उत्पादनमा आवश्यक उपकरण जडान भइसकेको जानकारी दिए।  

‘उपकरण जडान भइसकेको छ, उत्पादन साउनको अन्तिम सातादेखि नै सुरु हुन्छ’ उनले भने। लिमिटेडले हेमोडायलोसिस गर्नको लागि आवश्यक औषधि डाइलासेट ए (झोल) र डाइलासेट बी (पाउडर) उत्पादन गर्ने तयारी गरेको हो। उपकरण जडान भइसकेपछिको अनलाइन स्वचालित उपकरण जडान गर्न र उत्पादन कोठाको हावाको पे्रसर नियन्त्रण गर्ने गरी विज्ञले मान्यता दिन बाँकी रहेको महाप्रबन्धक सफी उल्लाहले बताए।‘ यो प्रक्रिया पूरा गर्न हामीले युएसएडलाई सहयोग मागेका छा्रै, अहिले यो काम भइरहेको छ,’ उनले भने। डायलासेट उत्पादनको लागि आवश्यक उपकरणहरू नेपालले भारतवाट खरिद गरी लिएको हो।  

देनिक १६ सय युनिटसम्म डायलासेट उत्पादन गर्ने क्षमता रहेको लिमिटेडले जनाएको छ। हेमोडायलोसिसमा आवश्यक दुइ औषधीहरू उत्पादन भइसकेपछि नेपालमा मिर्गौला बिर्गेर उपचारमा रहेका बिरामीहरूको लागि राहत हुने सफिउल्लाहले बताए। यस अघि नेपालमा निजी कम्पनी रोडोडेन्ड्रमले डायलासेट उत्पादन गरेको भए पनि आपूर्ति र गुणस्तर दुवै पूरा गर्न नसकेको स्थितिमा सरकारी कम्पनीबाटै यी औषधि उत्पादन हुनुले उपभोक्ता र स्वास्थ्य संस्था दुवैलाई राहत मिल्ने महाप्रबन्धक सफी उल्लाहको भनाइ छ। ‘एकातिर सरकारी तहबाट उत्पादन भएकोले बजार मुल्य पनि सस्तो पर्छ, अर्को गुणस्तरमा हामीले कुनै सम्झौता गर्ने छैनांै,’ उनले भने।  

अहिले दैनिक दुई सिफ्टमा गरी १६ सय युनिट डायलासेट उत्पादन क्षमता रहेकोमा सिफ्ट थपेर उत्पादन गर्दा त्यो भन्दा बढी उत्पादन गर्न सकिने भएकोले लिमिटेडकै उत्पादनवाट नेपालको माग धान्न सकिने स्थिति रहेको उनको तर्क छ। यसअघि हेमोडायलोसिसमा आवश्यक यी औषधिपूर्ण रूपमा भारतबाट आयात गर्नु पर्ने बाध्यता छ।  

नेपालमा हाल प्रतिवर्ष ३ हजार नयाँ मिर्गौलाका बिरामी हुने गरेको तथ्यांक छ। तीमध्येमा कतिपयले समयमै मिर्गौला प्रत्यारोपण सम्भव भए पनि धेरैले प्रत्यारोपण अघि हेमोडायलोसिसको भरमा बस्नुपर्ने भएकोले नेपालमै हेमोडायलोसिसमा प्रयोग हुने औषधि उत्पादन हुनु मिर्गौला बिगे्रका बिरामीका लागि राहतको विषय बनेको उनले बताए।

प्रकाशित: १५ श्रावण २०७९ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App