coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बेनीमा भेटिए नैरोबी फ्लाईको संक्रमणसँग मिल्दो लक्षण भएका बिरामी

बेनी सञ्जिविनी हेल्थ क्लिनिकमा उपचारका लागि आएका नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी।

नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी म्याग्दीको सदरमुकाम बेनीमा भेटिएका छन्। नैरोबी फ्लाई जस्तै लक्षण देखिने छालासम्बन्धी समस्या भएका बिरामी स्वास्थ्य संस्थामा आउन थालेका छन्।

म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सञ्जिविनी हेल्थ क्लिनिकमा पछिल्लो दिनमा नैरोबी फ्लाइको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको ५ जना बिरामी आएको सञ्चालक कुमार बानियाँले बताए। ‘लक्षण सबै नैरोबी फ्लाईसँग मिल्छ, ‘गाउँतिरबाट पनि फोन आउने गरेको छ’ सञ्चालक बानियाँले भने।

क्लिनिका आएका बिरामीको छालामा एलर्जी भएको, तथा घाउ भएपछि बानियाँले सामाजिक सञ्जालमार्फत् फोटो सार्वजनिक गरेका थिए। यता बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले छालाको समस्या भएका बिरामीको संख्या बढेपनि हालसम्म बेनी अस्पतालमा नैरोबीको केस रिपोर्ट नभएको बताए।

‘संक्रमणको जोखिम छ, सर्तकता आवश्यक छ,‘किराका कारण समस्या देखिए पनि क्रमशः आफै निको हुन्छ’ प्रमुख डा. कँडेलले भने। शंकास्पद बिरामी भेटिएमा थप परीक्षणका लागि पठाइने समेत डा. कँडेलको भनाइ छ।

नैरोबी फ्लाई किराले छालामा एसिड छाडेको भागलाई साबुन पानीले राम्रोसँग सफा गर्न समेत डा. कँडेलको भनाइ छ। धेरै पोल्ने, चिलाउने, घाउ भएमा छाला रोग विशेषज्ञलाई देखाउन पनि डा. कँडेलको सुझाव छ। मेलापातको समय भएकाले यो किरा धेरै वर्षा हुने स्थानमा देखिने भएकाले सतर्कता आवश्यक रहेको चिकित्सको भनाइ छ।

नैरोबी फ्लाइ कालो र खैरो मिश्रित एक प्रकारको सानो किरा हो। बाली विज्ञहरूको अनुसार यो किराले बाली उत्पादनमा सहयोग गर्ने किराहरूलाई आक्रमण गर्दछ। सो क्रममा कृषकहरूको छालामा बस्नपुग्ने र संक्रमण गराउँछ।

प्रकाशित: १० श्रावण २०७९ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App