१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

काठमाडौँमा थप ६ बालबालिकामा हैजा संक्रमण

काठमाडौँ उपत्यकामा थप  ६ जना बालबालिकामा हैजा संक्रमण देखिएको छ। यो सँगै हैजा संक्रमितको संख्या संख्या २८ पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ३ जना ५ वर्षमुनिका शिशु रहेका छन्।  

उपत्यकामा अहिलेसम्म काठमाडौँ महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरीमा २, बुढानीलकण्ठमा १,कीर्तिपुरमा १,भक्तपुरका चाँगुनारायण नगरपालिकामा १ र सूर्यविनायकमा १ जनामा हैजा पुष्टि भएको छ ।  

पछिल्लो समय काठमाडौँमा हैजा संक्रमण देखिएको छ। योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाबाट बच्न पानी उमालेर मात्रै पिउन आग्रह गरेको छ। 

प्रकाशित: २९ असार २०७९ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App