coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मानसिक स्वास्थ्य सचेतनाका लागि तीन दिने कार्यक्रम

स्वस्थ समाजका लागि मानसिक स्वास्थ्य आवश्यक पर्ने आवश्यकताबोध गर्दै सम्भाव्य फाउन्डेसन र सम्भाव्य युथ काउन्सिलको आयोजनामा आजदेखि काठमाडौँको वसन्तपुर डबलीमा ‘मेन्टल हेल्थ एट ओपन स्पेस’ कार्यक्रम सुरु भएको छ। तीन दिनसम्म आयोजन हुने यस कार्यक्रममा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका संस्थाहरुसँग समन्वय गरी सचेतना फैलाइने गरिन्छ।

संसारभर नै मे महिनालाई मानसिक सचेतनाको रुपमा मनाइन्छ। शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य पनि महत्वपूर्ण भएकाले यसबारे सचेतना जगाउन आवश्यक भएको आयोजक संस्था सम्भाव्य फाउन्डेसनकी साइकोलजिस्ट रञ्जिता महर्जनले बताइन्।

‘संसारभरि नै चिनीरोग, क्यान्सर, मुटुरोगजस्ता समस्या भन्दा मानसिक रोग देखा पर्ने गर्छ तर पनि यसतर्फ धेरैको ध्यानाकर्षण हुन सकेको छैन,’ महर्जन भन्छिन्, ‘मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास र मिथ्याले गर्दा मानिसहरु खुलेर आफ्ना समस्याहरु व्यक्त गर्न सक्दैनन्। यसले व्यक्तिगत असर पार्नुको साथै परिवार, बालबालिका र सम्पूर्ण समुदाय स्तरमा नै असर पारिरहेको छ।’

डिप्रेसन अचेल सामान्य नै भैसकेकोकाले जनस्तरमा सचेतना ल्याउने र यस क्षेत्रमा कार्यरत सम्पूर्णलाई सम्मान गर्न र मानसिक रोगहरुबाट निको भएकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले मे महिनालाई मानसिक स्वास्थ्य सचेतना महिनाको रुपमा मनाउने गरिएको महर्जन बताउँछिन्।

यस्ता कुरालाई थप प्रचारको आवश्यकता महसुस गर्दैसम्भाव्य फाउन्डेसनले खुल्ला स्थानमा मानसिक स्वास्थ्य कार्यक्रम आयोजना गरेको महर्जनको भनाइ छ। खुल्ला संवाद, हेल्प डेस्क, नाटक मञ्चन आदि कार्यक्रमबाट मानसिक स्वास्थ्यबारे सचेतना फैलाउन मद्दत हुने विश्वास उनले लिएकी छन्।

सम्भाव्य फाउन्डेसनले सन् २०१८ मा स्थापना भएयता विभिन्न विद्यालयहरुमा मानसिक स्वास्थ्य कार्यक्रम र परामर्श कक्ष परियोजना सञ्चालन गरिरहेको उनी बताउँछिन्। एक विद्यालय एक विद्यालय मनोपरामर्शकर्ता कार्यक्रम मार्फत सम्भावय फाउन्डेसनले विभिन्न विद्यालय अन्तर्गत विद्यार्थी, शिक्षक र अभिभावकहरुसँग मनोसामाजिक हितको लागि सुविधा दिँदै आएको छ।

प्रकाशित: १२ जेष्ठ २०७९ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App