१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

विराटनगरमा निःशुल्क कृत्रिम हात प्रतिस्थापन शिविर हुने

कृत्रिम हात प्रतिस्थापन शिविरबारे जानकारी दिँदै रोटरी क्लव विराटनगर, करुणा फाउण्डेशन र जर्मन संस्था द ह्याण्ड प्रोजेक्टका प्रतिनिधिहरू। तस्बिरः चुमन/नागरिक

विराटनगरमा ३ दिने निःशुल्क कृत्रिम हात प्रतिस्थापन शिविर आयोजना गरिने भएको छ। द ह्याण्ड प्रोजेक्ट जर्मनीको सहयोग न्यूरो अस्पतालसँगको सहकार्यमा  करुणा फाउण्डेशन र रोटरी क्लव विराटनगरले शिविर आयोजना गर्न लागेका हुन्।  

रोटरीक्लव  विराटनगरले सोमबार पत्रकार सम्मेलन गरी विराटनगर स्थित न्यूरो अस्पतालमा वैशाख ६ गतेदेखि ८ गतेसम्म कृत्रिम हात प्रतिस्थापन शिविर आयोजना गर्न लागिएको जानकारी दिएको हो।

कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाका ७१ जनाले कृत्रिम हातका लागि नाम दर्ता गरिसकेको रोटरी क्लव विराटनगरका सचिव मनोज बिक्रम शाहले जानकारी दिए। शाहका अनुसार कृत्रिम हात शिविरले लामो समयदेखि हात गुमाएर समस्यामा परेका व्यक्तिहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा  न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल विराटनगरका अप्रेशनल डाइरेक्टर राजेश भट्टराईले न्यूरो अस्पतालले कृत्रिम हात प्रतिस्थापनका लागि प्रविधिक सहयोग गर्ने बताए। कृत्रिम हात शिविरका लागि जर्मनी संस्था ह्याण्ड प्रोजेक्ट द टिम वेनिफिटको टोलि पनि विराटनगर आइपुगेको छ।

जर्मन प्रविधिमा निर्माण गरिएका कृत्रिम हात लगाएपछि १० किलोसम्मको भारी उठाउन सकिने र घरायसी कामहरू सजिलै गर्न सकिने। मोटरसाईकल, सिटी सफारीसमेत चलाउन सकिने जर्मन संस्थाका प्रतिनिधिहरूको दाबी छ।

प्रकाशित: ५ वैशाख २०७९ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App