५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा अस्पताल बन्दै

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ श्ययाको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन्।

महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताए। महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमिक उपचार सेवा केन्द्रको उत्तरतर्फ एक बिघा बढी जग्गामा निर्माण थालिएको यस अस्पतालमा जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसी डेन्टल आँखालगायत आधारभूत सेवा उपलब्ध हुने नगरप्रमुख  कलामले बताए।

प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र चौधरीले पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्न लागिएको तीमध्ये छ वडामा बर्थिक सेन्टर सञ्चालन भइसकेको जानकारी दिए। प्राथमिक उपचार सेवा केन्द्रमा अहिले एक्स–रे सेवा, चार वटा ल्याबलगायत भौतिक पूर्वाधारसमेत विस्तार गरिएको छ।

नगरकै गौरवको योजनाकारुपमा रहेको अस्पताल निर्माणको काम अघि बढेकाले आम नागरिक खुसी भएको स्थानीयवासी जगन्नाथ पुरीले बताए। नगरपालिकाले २८ करोडको लागतमा अस्पताल  बनाउन टेण्डर आह्वान गरेकामा कुमाररोयल जेबीले  रु १५ करोड ४६ लाखमा निर्माण गर्ने गरी  ठेक्का हाल परेको छ। लिफ्ट सिस्टम, आपाङ्गतामैत्री वातावरणसहितको एक हजार २०० स्क्वायर फिटमा तीनतले र २९ कोठे अस्पताल निर्माण गरिने भएको छ।

आगामी अप्रिल २०२४ मा भवन निर्माणको काम सकिने निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र स्वाँरले जानकारी दिए। भवन शिलान्यासका अवसरमा प्राथमिक सेवा उपचार केन्द्रलाई जग्गा दान दिनुहुने गङ्गोत्री चौधरी, शत्रुघनप्रसाद चौधरी, अंशु बर्मा, राधेकिशुन जैसवाल र शन्तराम बरइलाई सम्मान गरिएको थियो। रासस

प्रकाशित: २६ चैत्र २०७८ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App