१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सबै वडामा २४ घण्टा प्रसूति सेवा विस्तार गर्दै महाराजगंज नगरपालिका

स्वास्थ्य सेवाको पहुँच बढाई मातृ र शिशु मृत्यु दर घटाउन महाराजगंज नगरपालिकाले वडाहरुका रहेको स्वास्थ्य चौकीहरुमा २४ घन्टे प्रसूति सेवालाई विस्तार गर्दै लगेको छ। ११ वटा वडा रहेको महाराजगंजमा एक वटा प्राथमिकता स्वास्थ्य उपचार केन्द्र र १० वटा स्वास्थ्य चौकी छन्।

त्यस मध्ये ७ वटामा २४ घण्टे प्रसूति सेवा विस्तार भई सकेको मेयर अब्दुल कलामले बताए। वडा नम्बर १, ५, ६, ७, ८, ९ र १० स्थित स्वास्थ्य चोकीमा २४ घन्टे प्रसूति सेवा सञ्चालनमा आइसकेको मेयर कलामले बताए। वडा नम्बर ४ र ११ मा चालु आर्थिक वर्ष भित्रै स्वास्थ्य चोकी भवन निर्माण सहित २४ घण्टे प्रसूति सेवा सञ्चालन गरिने उनले बताए।

कजराहवा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको २४ घण्टे प्रसूति सेवाको उद्घाटन गर्दै मेयर कलामले पालिकाहरुको जनतालाई राम्रो स्वास्थ्य सेवाको पहँुच बढाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताए। उनले आफूले मेयरमा जितेदेखि नै स्वास्थ क्षेत्र प्रमुख प्राथमिकतामा राखेको भन्दै सबै स्वास्थ्य चौकीमा प्रसूति सेवा पुर्‍याउने लक्ष्यको आफू करिब पुगेको बताए।

‘११ वडा मध्ये ७ वडामा प्रसूति सेवा सञ्चालनमा आइसकेको छ, बाँकी २ वटा यही आर्थिक वर्ष सञ्चालनमा आउनेछ’ उनल भने। पालिकामा मातृ र बालमृत्यु दर घटाउन आफू सुरुदेखि नै प्रसूति सेवा सञ्चालन गर्ने योनजा रहेको उनले बताए। वडा नम्बर २ र ३ मा नयाँ संरचना बन्न यस वर्ष कठिन भएकाले सञ्चालनमा आउन गाह्रो हुने बताए।

वडा नम्बर ८ का वडाध्यक्ष तथा समाजिक समितिका संयोजक यागेन्द्र कुमार केसीले नगरले बनाएको नीति अनुसार नै पालिकाका सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण सहित प्रसूति सेवा सञ्चालन गर्नै कार्य अघि बढाएको बताए। उनले आफ्नो वडाको स्वास्थ चौकीमा हरेक हप्ताको सामेबार र बिहीबार डाक्टरहरुबाट स्वास्थय चेकजाको समेत प्रवन्ध मिलाएको बताए।

स्वास्थय चौकीमा २४ घन्टे प्रसूति सेवा सञ्चालन गरिए गर्भवति महिला लाभान्वित हुने उनले बताए। सामान्य प्रसूति सेवाका लागि समेत सदरमुकाम तौलिहवा र अन्य स्थानमा जानु पर्ने वाध्यता विस्तारै टर्दै गएको उनले बताए।

प्रकाशित: २१ फाल्गुन २०७८ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App