१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ७० जनाको पिसिआर परीक्षण गर्दा १४ र २ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार  पिसिआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेह्रथुममा १ जनामा संक्रमण देखिएको हो। झापाको मेचीनगरमा २, भद्रपुर, बुद्धशान्ति, दमक र बाह्रदशीमा १–१, मोरङको विराटनगर, बेलबारी, सुन्दरहरैँचा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१, धनकुटाको धनकुटामा २ र तेह्रथुमको म्याङ्लुङमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रदेशमा सोमबार ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १८ महिला र १६ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ८ सय ४५ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७८ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App