४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दिब्य ज्योतीमा जलबिन्दुको उपचार सुरु

अत्याधुनिक उपकरणसहित आँखाको रोग ‘जलबिन्दु’को उपचार सेवा विराटनगरस्थित दिब्य ज्योती अस्पतालले सुरु गरेको छ।

अस्पतालले पत्रकार सम्मेलन गर्दै जलबिन्दुलगायत आँखाका अन्य समस्या, नाक, कान र घाँटीका साथै फिजिसियन डाक्टरबाट उपचार सेवा प्रदान गरिरहेको जानकारी दिएको छ। आँखा तथा जलबिन्दु रोग विशेषज्ञ डाक्टर प्रमोद शर्मा गौतमसहितको आँखा रोग विशेषज्ञ डाक्टर हरिस यादव र डाक्टर उदयचन्द्र प्रकाशको टोलीले उपचार सेवा प्रदान गरिरहेको अस्पतालका अध्यक्ष कमलेशकुमार कर्णले जानकारी दिए।

कर्णका अनुसार जलबिन्दुको उपचारका लागि अस्पतालमा अत्याधुनिक उपकरणसहित छुट्टै विभागबाट सेवा सुरु गरेको छ। जलबिन्दु उपचारका लागि अस्पतालले १ करोडभन्दा बढी लगानी गरेको बताइएको छ।

अस्पतालमा जलबिन्दुका १२ जना बिरामीको सफल शल्यक्रिया भइसकेको डाक्टर गौतमले बताए। उनका अनुसार लेजर मेसिनको प्रयोग गरी जलबिन्दुको शल्यक्रिया गरिन थालेको हो। पछिल्लो समय ४० वर्षमाथि उमेर समूहकालाई जलबिन्दु र मोतियाबिन्दुको समस्या हुने गरेको पाइएको र त्यस उमेर समूहकाले नियमित आँखा जाँच गराउनु पर्ने बताए।  

२४ सैं घण्टा इमर्जेन्सी सेवा प्रदान गरिरहेको र अस्पतालमा दैनिक बाहिरङ विभाग (ओपिडी)मा २ सयदेखि २ सय ५० भन्दा बढी बिरामीले सेवा लिँदै आएको अस्पतालका निर्देशक देवा यादवले बताए। उनका अनुसार विशेषज्ञ चिकित्सकबाट दैनिक ३० देखि ५० जनासम्म आँखा तथा नाक, कान, घाँटीको शल्यक्रिया हुनेछ।

३ वर्षदेखि फिजिसियन सेवा, नाक, कान घाँटी तथा आँखाको उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा सेवा लिन प्रदेश १ र मधेस प्रदेशका साथै भारतको विहार, आसाम र दक्षिण भारतलगायतका स्थानबाट बिरामीहरु आएको निर्देशक यादवले बताए।

प्रकाशित: १५ फाल्गुन २०७८ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App