१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मीलाई दक्ष बनाउन प्रशिक्षक प्रशिक्षण

तालिममा लिँदै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका स्वास्थ्यकर्मीहरु। तस्बिरः नागरिक

सुदूरपश्चिमका ९ वटै जिल्लाका जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्शन, जिल्ला स्वास्थ्य कार्यालयका तालिमकर्तालाई आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यका विषयमा प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ। प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा यहाँका चिकित्सकलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो।  

प्रदेशभरिका विभिन्न ३६ जना प्रशिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दिई उनीहरुलाई आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यका बारेमा अझ दक्ष बनाउन तालिम प्रदान गरिएको हो। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपचारात्मक महाशाखाका आ“खा, नाक, कान, घा“टी प्रमुख डा. प्रकाश बुढाथोकीले तालिम दिएका हुन्। 

तालिम समापन कार्यक्रममा बोल्दै डा. बुढाथोकीले प्याकेज कार्यक्रमको, विकासक्रम, उद्देश्यका बारेमा तथा अब संविधानप्रदत्त मौलिक हक आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित गरिसकेको तथा त्यसको स्तरीय उपचार पद्धती पनि निर्माण भइसकेकाले अब सरकारका हरेक स्वास्थ्य संस्थाले यी सेवा एकै गुणस्तर र सहजरुपमा दिनुपर्ने बताए। 

तालिमका प्रमुख प्रशिक्षकसमेत रहेका डा. बुढाथोकीले भने,‘यस्ता किसिमका तालिमले चिकित्सकलाई थप ज्ञान बढ्नुका साथै आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्वेदनशिल रहेकाले यसबारे समय समयमा चिकित्सकलाई तालिम दिई पुनर्ताजगी गराउन जरुरी छ।’ विगत दुई वर्षदेखि स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा आफूले पनि बजेटमा पार्न अनुरोध गरेकै कारण संघीय सरकारबाट आएको सशर्त बजेटलाई प्रदेश सरकारको स्वास्थ्य तालिम केन्द्रले सही सदूपयोग गरेको उनले बताए। 

कार्यक्रममा बोल्दै डा. बुढाथोकीले आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भइसकेका विशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पु¥याउन चुनौती भए पनि स्वास्थ्यका सिपाहीहरु दिलोज्यानले लागेमा असम्भव केही नभएको बताए।  

सरकारबाट ओझेल तथा विज्ञ अभाव झेलिरहेका बेला ती सेवामा टास्क सिफ्ट र सेयरिङ गर्दै हरेक नेपालीलाई सेवाको पहु“चमा ल्याउन संघीय सरकार र त्यसमा पनि प्याकेजका जन्मदाता डा. बुढाथोकीलाई सामाजिक विकास मन्त्रालयका सचिव रीता भण्डारी जोशीले धन्यवाद दिँदै भनिन्,‘यस्ता रोग,जटिला तथा आर्थिक हानी बढी हुने विशेषज्ञ सेवाको रोकथाम, आधारभूत उपचार जतिसक्दो छिटो हरेक स्वास्थ्य संस्थामा पु¥याउन पनि शुभकामना व्यक्त गर्दछु।’ 

प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिंह कार्कीले तालिमका फाइदा, प्रशिक्षक सबै विज्ञ रहेको तथा सोचकर्ता, नीति निर्मातामा संलग्न डा. बुढाथोकीको उपस्थितिले त्यसको भरपूर उपयोग गर्र्नुपर्ने बताए। उनले भने,‘यस्ता तालिम नियमित गर्न र संघीयताले खस्काएको स्वास्थ्य सूचक सुधार्न डा. बुढाथोकी जस्ता युवाले नेतृत्व लिनुपर्छ।’ 

स्वास्थ्य निर्देशनालयका निर्देशक डा.जगदिश जोशीले सुदूरपश्चिम प्रदेशका हरेक स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्नेगरी तयारी स्वरुप संघीय सरकारबाट हरेक प्रदेशमा तालिम दिन लागिएको बताए। ‘प्रदेशले स्वास्थ्य क्षेत्रका सूचकहरुमा सुधार गरेको छ,’ जोशीले भने,‘अझ धेरै गर्न बाँकी रहेकाले हामी लागिपरेका छौँ।’ तालिममा मुख स्वास्थ्यतर्फ केन्द्रका डा.प्रकाश बुढाथोकी र सामाजिक विकास मन्त्रालयका डा.नरेश जोशी,आँखा स्वास्थ्यतर्फ गेटा आँखा अस्पतालका डा. रमेश भट्ट र नाक, कान, घा“टीतर्फ सेती प्रादेशिक अस्पतालका डा.अशोक श्रीपाइलीले प्रशिक्षण सहजीकरण गरेका थिए।

प्रकाशित: ८ फाल्गुन २०७८ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App