४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप तीन सय ५० जनामा संक्रमण पुष्टि, पूर्ण मात्रा खोप अहिलेसम्म ६० प्रतिशतले लगाए

आज थप तीन सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी सात हजार ९६ जनाको नमूना परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै बितेको २४ घण्टामा एक हजार दुई सय ७२ जना संक्रमित निको भएका छन् भने थप चार जनाको संक्रमणका कारण ज्यान गएको छ। अहिले नेपालमा १३ हजार तीन सय ५७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। यस्तै थप सात लाख ६९ हजार पाँच सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

यसैबीच नेपालको कुल जनसंख्याको ६० प्रतिशत भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। त्यस्तै कुल जनसंख्याको ७३ दशमलव एक प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ७ फाल्गुन २०७८ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App