१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

खोप हराएको हल्ला राजनीतिक प्रपोगाण्डा: खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोना खोप हराएको हल्ला राजनीतिक प्रपोगाण्डा मात्रै भएको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खतिवडाले खोप हराएको हल्ला राजनीतिक प्रपोगाण्डा मात्रै भएको बताएका हुन्।  

विदेशबाट कति खोप आयो कति खोप कुन–कुन प्रदेशमा गयो, कतिले खोप लगाए भन्ने सबै डाटा सरकारसँग रहेको उनको दाबी छ। मन्त्री खतिवडाले भने ‘हामीसँग विदेशबाट आएको खोप, संघबाट प्रदेशमा गएको खोप, प्रदेशबाट सम्बन्धीत जिल्ला र स्थानिय तहमा गएको खोप र कतिजनाले खोप लगाए, कति खोप ड्यामेज भयो  भन्ने सबै विवरण छ।’ 

खतिवडाले कतिपय स्थानबाट खोप लगाएको डाटाहरू आइनसकेको र कतिपयबाट आउने क्रममा रहेकाले खोपको डाटा फरक परेको बताए। उनले खोपको हराएको भनेर प्रपोगाण्डा गरिएपछि  विधि सम्बत रुपमै छानविन गरेर प्रतिवेदन तयार पार्न छानविन समिति गठन गरिएको र केहि दिन भित्रै समितिले खोपको सबै विवरणसहित प्रतिवेदन पेश गर्ने उनले बताए। 

छानविन समितिले विवरण बुझाएपछि  खोपको यथार्थ विवरण सार्वजनिक गरिने खतिवडाले स्पष्ट पारे। उनले विपी स्वास्थय विज्ञान प्रतिष्ठानमा देखिएको समस्याको विषय अदालतमा पुगिसकेकाले अदालतले नै अब, निकास दिने बताए। खतिवडाले एमसीसीका केहि बुँदाहरू संसोधन गरेपछि मात्रै संसदबाट पारित हुने धारणा राखे।

प्रकाशित: २९ माघ २०७८ १५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App