५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ८४६ जना संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ७३ महिला र ४ सय ७३ पुरुष रहेका छन्। ३ सय ३७ जनामा कोरोना संक्रमण भएको छ। ७ सय २४ जनाको  पिसिआर परीक्षण गर्दा २ सय २१ र ४ सय ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय १०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ७५, सुन्दरहरैँचामा ८, बुढीगंगामा ५, उर्लाबारीमा ४, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा ३–३, लेटाङ , कानेपोखरी र स्थानीय तह नखुलेका २–२, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा ४, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहबीमा ३–३, हरिनगर, गढी र देवानगञ्जमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ५, अर्जुनधारामा ४, बाह्रदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१, उदयपुरको चौदण्डीगढीमा २, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ४ हजार ७७ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ माघ २०७८ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App