६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सुदूरपश्चिममा थप २४६ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १४२ जनाको नमूना परीक्षण गरिएको थियो।  

स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर विधिमार्फत ८८ जना तथा एन्टीजेनमार्फत १५८ जनामा कोरोना पुष्टि भएको हो। पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६१, महाकाली अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा १३ र एन्टीजेनमार्फत  कञ्चनपुरमा ७५, कैलालीमा १५, डडेल्धुरामा १५, बझाङमा आठ, बाजुरामा १६, डोटीमा पाँच, बैतडीमा १५, अछाममा पाँच र दार्चुलामा चार जनामा सङ्क्रमण पुष्टि भएको हो।    

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर १८८ जना कोरोनाबाट निको भएका छन्। सो अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि सोमबार सुदूरपश्चिममा ४१३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९४ जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२४ जनाको ज्यान गइसकेको छ।  

प्रकाशित: १८ माघ २०७८ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App