प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ७२ जनामा कोरोना संक्रमण भएको छ। ९ सय ७४ जनाको पिसिआर परीक्षण परीक्षण गर्दा ३ सय ६४ र ७ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय ६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा ७, संखुवासभा र पाँचथरमा ३–३, इलाम र भोजपुरमा २–२, तेह्रथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगरमा १ सय ७, बेलबारीमा १४, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, कटहरी र सुन्दरहरैँचामा ६–६, जहदामा ४, बुढीगंगा र कानेपोखरीमा ३–३, रतुवामाई र मिक्लाजुङमा २–२, ग्रामथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १७, भद्रपुरमा १५, विर्तामोडमा १२, कनकाईमा ८, अर्जुनधारामा ७, गौरादहमा ६, मेचीनगरमा ५, शिवसताक्षी, हल्दिबारी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, बाह्रदशीमा २, कचनकवलमा १, सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहबीमा ४, बर्जुमा ३, इनरुवा र बराहक्षेत्रमा २–२, भोक्राहानरसिंह, रामधुनी, हरिनगरा, गढी, देवानगञ्ज र कोसी गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा २, छथरजोपाटीमा १, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा १–१, पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, भोजपुरको हतुवागढीमा २, तेह्रथुमको छथर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा सोमबार ८ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ८२ महिला र ४ सय ६३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र १ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय १७ रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: १७ माघ २०७८ १२:१७ सोमबार





