२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उच्च अदालतमा चार न्यायाधीशसहित २१ कर्मचारीमा कोरोना

उच्च अदालत सुर्खेतका चार जना न्यायाधीशसहित २१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक साताका लगि सेवा बन्द गरिएको छ। 

मंगलबार गरिएको परीक्षणमा चार न्यायाधीश, कर्मचारी र सवारी चालकहरुमा कोरोनो देखिएको थियो। उच्च अदालतले मंगलबार विज्ञप्तिमार्फत माघ १२ गतेदेखि १८ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरिएको बताएको छ।  

‘म्याद थप, पक्राउ पूर्जी र जरुरी पक्राउ पूर्जीबाहेकका सबै सेवाहरु १८ गतेसम्मका लागि बन्द गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिमा विदामा रहेका न्यायाधीशहरु आएको खण्डमा सेवा प्रवाहका सम्वन्धमा पुनः सुचना प्रकाशन गरिने छ।’

प्रकाशित: ११ माघ २०७८ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App