१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

टाउको तथा अनुहार मिलाउने शल्यक्रियामा वीर अस्पतालको अग्रता

अनुहार मिलेपछि फेरियो जिन्दगी

कतिपयको जन्मिँदै टाउको या अनुहारको बनावट बिग्रेको हुन्छ त कतिको चोटपटकले टाउको या अनुहारको बनोट बिग्रिन्छ, तपाईंको शरीरमा यी अमिल्दा समस्या छन्? यस्तो छ भने अब चिन्ता गर्नुपर्दैन। वीर अस्पतालमा चार वर्षदेखि सुरु भएको म्याग्जिलोफेसियल अर्थोन्याग्टिक (अनुहारको आकृतिक मिलाउने शल्यक्रिया) र एकवर्षदेखि सुरु भएको क्रोनोफेसियल सर्जरी (टाउकोको आकृति मिलाउने) उपचार वीरमै भइरहेको छ। वीरमा पहिलो पटक सुरु भएको यो आधुनिक प्रविधीको शल्यक्रियावाट धेरैले लाभ लिइसकेका छन्।  

यो आधुनिक प्रविधियुक्त शल्यक्रिया शल्यक्रियाले मुहार फेरिएपछि कोही निर्धक्क भएर घरायसी काममा फर्केका छन् भने एक युवक भने  मोडल बन्ने तयारीमा छन्। काठमाडौं स्वयम्भूका १९ वर्षीय यमन महर्जनको एक वर्षअघिसम्म मुहारको स्वरूप भिन्नै थियो। तल्लो दाँत बाहिर निस्केको थियो, बोल्न अप्ठेरो थियो,चिउँडोको अघि भएकोले उनलाई  साथीहरूसंग देखिन हिचकिचाउँथे। एक दिन उनी उपचारको खोजीमा काठमाडौंको महाबौद्धस्थित निजी डेन्टल क्लिनिक पुगे। त्यहाँका चिकित्सकले शल्यक्रिया गछौं भनेर दाँत बाँध्ने उपचार गरेर सामान्य बनाउँछौं भने एक पटक दाँतको उपचार पनि गरे। यो उपचारको लागि उनको ९० हजार रुपैंया खर्च भयो।  

तर उनको स्वरुपमा कुनै सुधार भएन। त्यसपछि वीर अस्पतालमा नमिलेको उपचार हुन्छ भन्ने थाहा पाएपछि शल्यक्रियाका लागि ९० हजार रूपैयाँ खर्च भयो। तर,कुनै सुधार भएन। पछि वीर अस्पतालमा यो सेवा छ भन्ने जानकारी पाएपछि वीरको डेन्टल विभाग पुगे। अस्पतालका चिकित्सकहरु द्धय किशोर भण्डारी र क्रोनियो फेसियल सर्जन ) र मनिष बज्राचार्य ( क्रोनोफेसियल अर्थोडन्टिष्ट)ले महर्जनको अनुहारको शल्यक्रिया गर्ने निधो गरे। गत पुसमा चिउँडाको तल्लो भागको हड्डी र विकसित नभएको माथिल्लो भागको हड्डी काटेर शल्यक्रिया गरी उनको अनुहार मिलाए। उनको उपचारमा संलग्न वीरका चिकित्सक क्रोनोफेसियल अर्थोडन्टिष्ट  डा. मनिष बज्रचार्यका अनुसार उनको शल्यक्रिया अहिलेको नविनतम प्रविधी ) ‘ सर्जरी फस्ट एप्राेच’ प्रयोग गरिएको हो। महर्जनको अनुहारमा गरिएको शल्यक्रिया संसारमै विरलै शल्यक्रियामा पर्छ।  

यो शल्यक्रियाको लागि तीन ठाउँका हड्डी काट्नु परेको थियो भने ६  वटा टाइटेनियम पाता राख्नु परेको थियो। शल्यक्रिया गरेको ४५ दिनमै सामान्य अवस्थामा फर्केका उनको आन्तरिक दाँतको उपचार सहित एक वर्षमा पुरै उपचार सकिएको छ। अहिले उनी मोडेल बन्ने सपना पूरा गर्न तालिममा छन्। ‘मोडेलिङ गर्ने मेरो रुचि थियो, शल्यक्रिया गरेपछि म अघि बढें’, उनले भने। शल्यक्रियापछि साथीभाईको वीचमा जाँदा आत्मविश्वास बढेको उनले नागरिकलाई बताए।  

काठमाडौंमै बस्दै आएका रामेछापका ३० वर्षीय मानबहादुर प्रधानको छुट्टै समस्या थियो। खाना खाने बेलामा दाँत जोडिन्थ्यो। तल्लो र माथिल्लो ओंठ बीच बढी दूरी रहेकाले दाँत जोडेर खान मिल्दैन्थ्यो। थुक्दा थुक नाकमा जान्थ्यो भने अनुहारको अमिल्दो बनोटको कारण उनलाई खाना खान समस्या थियो।  चिउँडो पनि सामान्यभन्दा लामो देखिन्थ्यो।

बुढेसकालमा खाना खान झनै अप्ठेरो हुने थाहा स्थिति देखेपछि प्रधान एक तीन वर्ष अघि सुरुमा उपचारको खोजीमा जोरपाटीस्थित अर्थोपेडिक अस्पताल पुगे।  त्यसपछि उनी सिभिल अस्पताल हुँदै वीरमा पुगे। वीरमै डा.भण्डारी र बज्राचार्यसहितको समुहले उनको उपचार गरे। उनको उपचार सकिन डेढ वर्ष लाग्यो। दाँतको दूरी बढी भएकाले सारेर नयाँ दाँत राख्ने काम पनि भयो। अहिले उनको दाँत र चिउँडो मिलेको देखिन्छ। फेरिएको आफ्नो मुहार देखेर उनी दंग छन्। उनी भन्छन्, ‘मैले शल्यक्रिया नगरेको भए बुढेसकालमा खानै सक्दिनथें’,उनले भने।

बाँके,नेपालगन्जका १६ महिने बालकलाई टाउको सानो र चेप्टो भएपछि उपचारका लागि स्थानीय अस्पतालले वीरमा रेफर गर्‍यो। डा.भण्डारी, एनेशथेसिया तथा न्युरोलोजोजिष्टको समुहले उनको बालकको शल्यक्रिया गरे। यो शल्यक्रिया नेपालमै पहिलो र जटिल मानिन्छ। यो शल्यक्रियामा चिकित्सकले ‘पोस्टेरियर कार्नियल भल्ट डिस्ट्रयाक्सन ’ प्रविधी अपनाएका थिए।यो प्रविधीमा विकास हुन नसकेको टाउकोको भागमा स्कुरु राखेर कस्दै लगिन्छ। उनको टाउकोको भाग ठूलो पार्न ६ महिनापछि अर्को शल्यक्रिया  गर्नु पर्ने डा. भण्डारीले बताए।  

उपचारमा संलग्न चिकित्सक क्रोनोफेसियल सर्जन डा.भण्डारीका अनुसार टाउकाको हड्डी बढाउन विकास केन्द्र हुन्छ। त्यो विकास केन्द्र निष्क्रिय भएमा टाउकाको आकार असामान्य हुन्छ र दिमागको उचित विकास हुन पाउँदैन। टाउकाको विकास केन्द्र निष्क्रिय भएपछि प्रदेश २ का एक पाँच वर्षीय बालक पनि वीरमा उपचारका लागि आएका छन्। उनको टाउकोमा प्वाल भएर दिमागको भाग बाहिर निस्केको छ भने हड्डीको बनोट सानो भएर आँखा बाहिर निस्केको छ। यो समस्या हटाउन पनि शल्यक्रिया गर्ने वीरका चिकित्सकको तयारी छ।  

उल्लेखित शल्यक्रिया वाहेक वीरमा (अर्थोन्याग्टिक (नमिलेको अनुहार मिलाउने ) सर्जरी मात्र २५ वटा भइसकेका छन्। यी सबै आधुनिक प्रविधिको सहयोगमा गरिएको डा.बज्राचार्यले बताए।क्रोनियोमेग्जिलो फेसियल सर्जरी मध्येमा क्रोनिया फेसियल सर्जरी गत वषर्ददेखि मात्र सुरु भएको हो। यो सर्जरी साना बालबािलकामा मात्र गर्न मिल्छ। जसका हड्डीको वृद्धि हुने उमेर रहेको हुन्छ। तर, क्रोनियोमेग्जिलो फेसियल शल्यक्रिया भने १८ वर्ष नाघेकाको मात्र गरिन्छ।  

दुई वर्षअघि वीरको डेन्टल विभागका चिकित्सक चय भण्डारी र बज्रचार्य तालिमको लागि ताइवान गएर आएपछि नमिलेको टाउको मिलाउने सर्जरी सुरु गरेका हुन्।  त्यसभन्दा अघि क्रोनोफेसियल सर्जरी अध्ययनका लागि चीन, जर्मनी र भारत  पुगेका थिए। तालिम पछि चार वर्ष अघि वीरमा आधुनिक मेग्जिलोफेसियल सर्जरी सेवा सुरु भएको हो।  

यो उपचारको निम्ति वीरमा थ्रिडि प्रिन्ट गरी मिलाउन खोजिएको अनुहार प्लास्टिकको फे«ममा निकालिन्छ। यही फ्रेमको आधारमा शल्यक्रियाको समयमा कति वटा कड्डी काट्ने, कति तन्काउने, अघि पछि धकेल्ने जस्ता प्रक्रिया अनपाइन्छ। त्यसपछि मात्र दाँतमा तार बाँधिन्छ।

थ्रिडि ई प्रिन्टङ गरी विदेशबाटै भित्राइएको  सफ्टवेयर प्रयोग गरी शल्यक्रिया गरिने हुनाले शल्यक्रियामा त्रुटि नहुने डा.भण्डारी बताउँछन्। शल्यक्रिया गर्नुअघि कहाँ कति हड्डी मिलाउने, बढाउने या तन्काउने भन्ने बनोटको नाप जाँच सफ्टवेयरमा तयार गर्ने र शल्यक्रियापछि मुखमा तार बाँध्ने,दाँत मिलाउने जस्ता काम क्रोनियोफेसियल अर्थोडेन्टिक्स डा. बज्राचार्यको भागमा पर्छ।

यो प्रविधि भित्रिनुअघि नेपालमा अनुहारको आकृति मिलाउन करिब तीन वर्ष समय लाग्थ्यो। हातैले गरिने उपचारमा शल्यक्रियापछि त्रुटि आउने सम्भावना धेरै हुन्थ्यो। नयाँ प्रविधिबाट अनुहार र टाउकोको बनोट मिलाउने सेवा वीर अस्पतालले मात्र सुरु गरेको छ। अन्य अस्पतालमा सुरु भए पनि म्यानुअल प्रविधिबाटै गरिन्छ।

नयाँ प्रविधिअनुसार उपचार गर्दा बिरामीको इच्छामा आकृति बनाइने हुनाले उनीहरू पनि सन्तुष्ट हुन्छन्। नयाँ प्रविधिबाट गरिने यो उपचार अन्तर्राष्ट्रिय तहको भएको चिकित्सकहरूको दाबी छ। ‘आधुनिक प्रविधिको सर्जरीले उपचार छोटो समयमा सम्भव भएको छ,बिरामी पनि खुशी छन्’, डा. बज्राचार्यले भने।

चिकित्सकका अनुसार वीर यो सेवाका लागि अत्यन्त अति न्यून शुल्क लिइन्छ। त्यसैले बिरामीका लागि सस्तो पर्छ। यो उपचारमा चाहिने सामग्री गुणस्तरीय किन्नुपर्ने भएकाले केही महँगो हुन्छन्। तर विदेशमा पुगेर उपचार गर्नुको तुलनामा तेब्बर सस्तो पर्न आउँछ। जन्मजात, चोटपटक, क्यान्सर तथा अन्य काराणले नमिल्ने अनुहार र टाउकाको आकृति मिलाउने शल्यक्रियामध्येमा वीरमा अनुहार र टाउको आकृति मिलाउने शल्यक्रिया बढी गरिन्छ। यो शल्यक्रियामा समस्याको स्थिति अनुसार २ देखि ३ लाख खर्च हुने चिकित्सक बताउँछन्।

चोटपकट तथा अन्य कारणले बिग्रेको अनुहारको हड्डीको शल्यक्रिया गर्न वीरकै टोली ट्रमा सेन्टर पुग्छन्।  सीमित स्रोत साधनमा यो सेवा सञ्चालन गर्नु अस्पतालका लागि चुनौती हो। तर, आफूहरू नेपालमै नयाँ सेवा दिन पाएकोमा खुसी भएको बताउँछन् चिकित्सक। ‘यो सामूहिक काम हो, मुख्य कुरा हामीले नेपालमै अन्तर्राष्ट्रिय तहको सेवा दिन पाएकोमा साधनारत छौं’, डा.भण्डारीले भने। यो सेवामा आवश्यक थ्रिडी प्रिन्टका लागि नेपालमा रहेको एक मात्र थि« डि  ल्याब आई–अलाइनले विपन्न परिवारका लागि निःशुल्कसमेत प्रिन्ट गर्ने गरेको डा. बज्राचार्यले जानकारी दिए।  

आधुनिक प्रविधिवाट अनुहारको शल्यक्रिया गर्नको लागि दुइ वटा चिकित्सकको मुख्य भूमिका हुन्छ। क्रोनोफेसियल अर्थोडेन्टिष्ट र मेक्जिलोफेसियल सर्जन। क्रोनोफेसियल सर्जरीमा टाउकोको आकृति मिलाउन भने न्युरोसर्जन र क्रोनोफेसियल सर्जनको प्रमुख भूमिका हुन्छ। यो शल्यक्रिया जटिल हुने हुँदा दक्ष एनेशथेसिया टिमको महत्वपुर्ण भूमिका हुन्छ। जसमा वीर र ट्रमा सेन्टरका एनेसथेसिया टिमको भूमिका उत्तिकै छ। 

प्रकाशित: ११ माघ २०७८ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App