१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

तौलिहवा बजारको चोक-चोकमा एन्टिजेन परीक्षण क्याम्प

कोरोना संक्रमणको तेश्रो भेरिएन्ट तीव्ररुपमा बढीरहेका बेला कपिलवस्तुको तौलिहवा बजारको चोक चोकमा एन्टिजेन परीक्षण क्याम्प सुरु गरिएको छ। एसएसबिएचको सहकार्यमा स्वास्थय कार्यालयले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी सो क्याम्पस संचालन गरिएको हो। क्याम्पमा उनीहरुलाई परामर्शसहित निःशुल्क परीक्षण गरिएको हो।

तौलिहवाको गौढी चोकमा २ दिने एन्टिजेन परीक्षण क्याम्प सम्पन्न गरिएको छ। शनिबार १ सय २८ जना परीक्षण गर्दा २७ जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताए। यस्तै सोमबार २७ जना परीक्षण गर्दा ३ जना पोजेटिभ देखिएका छन्।

स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले कोरोना संक्रमण फैलिरहेका बेला जनतालाई सचेत गराउन आफूहरुले सदरमुकाम तौलिहवाको चोकमा क्याम्प संचालन गरिएको बताए। एन्टिजेन परीक्षण जिल्लाका सबै अस्पताल र स्वास्थ्य चौकीमा गर्न सकिने उनले बताए। ‘हामीले सेवाग्राहीको सुविधालाई ध्यान दिएर यो क्याम्प संचालन गरेका हौ,’ उनले भने।

सेवा दिन आउने सेवाग्राहीलाई सचेत गराउँदै निःशुल्क मास्क समेत बाँडिएको उनले बताए। यस्तो क्याम्प जिल्लाका अन्य पालिकाको चोकमा समेत संचालन गरिने उनले बताए। अर्को क्याम्प सीमा नाका मर्यादपुरमा संचालन गर्ने योजना छ। उता भारतका बिभिन्न शहरबाट फर्केकाहरुलाई कृष्णनगर नाकामा समेत एन्टिजेन परीक्षण जारी छ।

यस्तै मर्यादपुर चाकरचौडा नाकामा समेत एन्टिजेन परीक्षणको सेवा संचालन गरिने पाण्डेयले बताए। तेश्रो भेरिएन्टको क्रममा जिल्लामा ३ सय बढी संक्रमित भई सकेका छन्।

प्रकाशित: १० माघ २०७८ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App