१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ६ सय ७३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण भएको छ। ८ सय १७ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ५८ र ५ सय ६५ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय १५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २ सय ३९, झापामा १ सय १९, सुनसरीमा ५६, धनकुटामा ४, इलाममा ३, खोटाङ र उदयपुरमा २–२, पाँचथर, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा १ सय ६१, बुढीगंगामा १६, सुन्दरहरैचामा १३, बेलबारी र स्थानीय तह नखुलेका ८–८, पथरीशनिश्चरेमा ६, उर्लाबारीमा ५, कटहरी, रतुवामाई र कानेपोखरीमा ४–४, रंगेलीमा ३, ग्रामथानमा २, लेटाङ, धनपालथान, सुनबर्षी, केराबारी र जहदामा १–१ जनामा संक्रमण देखिएको छ।  झापाको विर्तामोडमा ३०, दमकमा २३, कनकाईमा १८, अर्जुनधारामा १३, मेचीनगरमा ८, भद्रपुर र शिवसताक्षीमा ६–६, गौरादहमा ५, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, कचनकवल, बाहृदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको इटहरीमा २५, इनरुवामा ७, बराहक्षेत्रमा ४, रामधुनी, बर्जु र गढीमा ३–३, धरान, दुहवी, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, हरिनगर, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको इलाम नगरपालिका, माई र रोङमा १–१, खोटाङको बराहपोखरी र दिप्रुङमा १–१, उदयपुरको त्रियुगामा २, पाँचथरको मिक्लाजुङ, तेहृथुमको मेन्छयायम र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आइतबार २ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ९६ महिला र १ सय २० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ५४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ माघ २०७८ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App