भक्तपुरका एक सय ४७ जना उद्योगी व्यवसायीले शनिबार कोभिडविरुद्ध बुस्टर डोज खोप लगाएका छन्। भक्तपुर चेम्वर अफ कमर्सले उद्यमी व्यवसायीका लागि गरेको खोप कार्यक्रममा ४८ महिला र ९९ पुरुष गरी जम्मा एक सय ४७ जनाले खोप लगाएका हुन्।
खोप कार्यक्रममा भेरोसेल खोपको बुस्टर डोज दिइएको थियो।
कोभिड १९ संक्रमणविरुद्धको बुस्टर डोज उद्यमी व्यवसायीलाई पनि प्रथमिकतामा राखेर दिइनुपर्ने माग अनुरुप कार्यक्रम सञ्चालन गरेको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले बताए। साथै पहिलो चरणको कार्यक्रममा थोरै संख्यामा मात्र खोप उपलब्ध भएको हुँदा उद्यमी व्यवसायीका लागि बढीभन्दा बढी खोपको व्यवस्थापन गर्न भक्तपुर चेम्बर अफ कमर्सले पहल गर्दै जाने उनले बताए।
स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा कार्यक्रम भएको थियो। कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्समा आबद्ध उद्यमी व्यवसायी र भक्तपुरका वस्तुगत संघसंस्थाका पदाधिकारीहरुले खोप लगाएका थिए।
प्रकाशित: ८ माघ २०७८ १४:४७ शनिबार