१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा १ हजार ६० जनामा संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ। १ हजार ३ सय ९७ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ४५ र ५ सय ६७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय १५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३ सय ७७, सुनसरीमा २ सय ५४, झापामा १ सय ३८, धनकुटामा १३, उदयपुरमा ५, तेह्रथुम र इलाममा २–२, ओखलढुंगा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ३ सय २०, बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैँचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेका ३–३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा २–२, केराबारी, रंगेली, लेटाङ, सुनबर्षी र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा १ सय ५९, इटहरीमा ५५, बर्जुमा ५, दुहबी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा ४–४, हरिनगरमा ३,  भोक्राहा र रामधुनीमा २–२, कोसी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ११, झापाको विर्तामोडमा ३८, भद्रपुरमा ३०,  कनकाई र दमकमा १९, अर्जुनधारामा १२–१२, बुद्धशान्ति र शिवसताक्षीमा ६–६, मेचीनगरमा ५, हल्दिबारीमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादह, बाह्रदशी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकाको ७, छथरजोरपाटीमा ३, महालक्ष्मीमा २ र पाख्रिबासमा १, उदयपुरको कटारी र स्थानीय तह नखुलेका २–२, बेलकामा १, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, ओखलढुंगाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुंगामा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा बिहीबार ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २५ महिला र २३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय १५ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ माघ २०७८ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App