१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ९१ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ७७ र ५ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा सुनसरीमा २ सय ८०, मोरङमा २ सय ६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको हो।

सुनसरीको धरानमा १ सय ७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज, बराहक्षेत्र र कोसी गाउँपालिकामा ३–३, हरिनगर र रामधुनीमा २–२, मोरङको विराटनगरमा २ सय ४०, सुन्दरहरैँचामा १०, बुढीगंगा र स्थानीय तह नखुलेका ३–३, लेटाङ, कानेपोखरी र ग्रामथानमा २–२, धनपालथान, सुनबर्षी, कटहरी, उर्लाबारी, पथरीशनिश्चरे र रंगेलीमा १–१, झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा ९, कनकाईमा ८, शिवसताक्षी र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, कचनकवल र कमल गाउँपालिकामा २–२, गौरादहमा १, धनकुटाको धनकुटा नगरपालिकामा १०, चौबिसे, साँघुरीगढी र पाख्रिबासमा १–१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको मकालु र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा बुधबार २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ९ महिला र १४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १९ रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: ५ माघ २०७८ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App