४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

म्याग्दीको रघुगंगा गाउँपालिका ५ दिनका लागि बन्द

कर्मचारीमा कोरोना देखिएपछि म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ। गाउँपालिकाका कार्यरत कर्मचारी र जनप्रतिनिधि गरी ७ जनामा कोरोना संक्रमण पुष्टी भएपछि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए। ‘कोरोनासँग सम्बन्धित बाहेकका सबै सेवा बन्द गरिएको छ,‘अब थप परीक्षणपछि मात्रै नियमित सेवा सञ्चालन हुन्छ’ सुबेदीले भने।

उनका अनुसार कोरोना जोखिम बढदै गएका बेला सेवाग्राही लगायत अन्य कर्मचारी जोखिममा पर्ने देखिएपछि सूचना प्रकाशन गरी आगामी माघ १२ गतेसम्मका लागि सेवा बन्द गरेको हो। बुधबारदेखि माघ १२ गतेसम्मका लागि पालिकाले दिने सबै किसिमका सेवा बन्द गरिएकाले कोरोना सहित स्वास्थ्यको सेवालाई भने आवश्यकता अनुसार प्रदान गरिने छ। संक्रमित कर्मचारीको अवस्था सामान्य छ।

यसैबीच बुधबारदेखि पालिकाका सबै विद्यालय समेत माघ १५ गतेसम्मलाई बन्द गरिएको छ। गाउँपालिका भित्र रहेका जलविद्युत सहितका आयोजनाहरुकै कारण बाहिरी जिल्लाबाट समेत आवतजावत हुदाँ जोखिम धेरै छ।गाउँघरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी बढन थालेकाले लक्षण देखिएका सबैले कोरोना परीक्षण गराउन र खोप अभियानमा समेत सहभागि हुन र अनिवार्य मास्क लगाउन तथा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ।  

यता बेनी नगरपालिकामा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि १५ माघसम्म विद्यालय बन्द गरिने भएको छ। बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी बिहिबारदेखि विद्यालय बन्द गर्ने निर्णय भएको हो।नगरभित्रकै विद्यालयमा कोरोना संक्रमण फैलिएपछि चेनब्रेक गर्न पठनपाठन बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए।‘कोरोना संक्रमण रोक्नका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ,‘अभिभावकलाई बालबालिकालाई घरबाहिर जान नदिन समेत अपिल गछौं’ ढकालले भने।  

नगरभित्रका प्रअ सहितको बैठकमा मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल,नगरका वडा अध्यक्ष, कार्यपालिका सदस्यको उपस्थिती रहेको थियो।यसैबीच जारी खोप अभियानलाई निरन्तरता दिने र छुटेका र दोस्रो डोज लगाउन बाँकी रहेकालाई समेत खोप अभियानमा सहभागी हुन र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी बढन थालेकाले लक्षण देखिएका सबैले कोरोना परीक्षण गराउन अनुरोध गरिएको छ।

प्रकाशित: ५ माघ २०७८ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App