coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कर्णालीमा कोरोना संक्रमण बढ्दै

वीरेन्द्रनगर नगरपालिकास्थित जिल्ला समन्वय समितिको परिसरमा कोभिडविरुद्धको खोप लगाउन लाईनमा बसेका सर्वसाधारणहरु। तस्बिरः गोविन्द/नागरिक

कर्णाली प्रदेशमा दिनानु दिन कोरोना भाइरसका संक्रमितहरु बढेका छन्। कोरोना संक्रमण बढ्दा सक्रिय संक्रमितको संख्या उच्च गतिमा बढेको हो।

कर्णालीमा कोरोनाको उच्च सुरक्षा जोखिम भएपछि कर्णाली सरकारले सबैमा सजक रहन आग्रह गर्दै कोरोना नियन्त्रणका लागि करोडौं रकम विनियोजन गरेको छ। कर्णाली प्रदेशमा २४ घण्टाभित्र ७२ प्रतिशतका दरले संक्रमण बढेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। गत महिनाभन्दा अहिले कारोना संक्रमण दर उच्च रहेको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक रविन खड्काले बताए। एक महिनाभित्र ३४ प्रतिशन कोरोना संक्रमण देखिएको उनले बताए।

अहिले कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५ जना रहेको छ। जसमा ३ जना मात्र स्वास्थ्य संस्थाले बनाएको आसोलेसनमा भर्ना भएका छन्। बाँकी ३ सय २ जना होमआइसोलेसनमा बसेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। कर्णाली प्रदेशको सल्यान र डोल्पा बाहेक सबै जिल्लामा अक्सिजन प्लान्ट जडान भईसकेको छ। दैलेख, सुर्खेत, रुकुम पश्चिम र जुम्लामा कोरोना परीक्षणको मात्रा बढाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सुर्खेतमा मात्र सोमबारसम्म २ सय २४ जना कोरोना संक्रमित पुष्टि भएको छ।

कर्णालीमा पछिल्लो हप्ता संक्रमित बढी देखिए पनि अवस्था सामान्य भएकाले विरामीहरु होम आइसोलेसनमा बसेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख (वरिष्ठ जनस्वास्थ्य प्रशासक) वृषबहादुर शाहीले बताए। खोपलाई उच्च प्राथमिकता दिएर लगाइएकाले संक्रमण दर बढेपनि अवस्था सामान्य भएको शाहीको भनाइ छ।  

भारतबाट लुम्बिनी प्रदेशको बाँकेस्थित जमुनाह नाका र सुदूरपश्चिम प्रदेश कैलालीको गौरीफन्डा, महेन्द्रनगरको गड्डाचौकी नाका हुँदै भारतबाट कर्णाली प्रदेश प्रवेश गर्ने दिनानु दिन बढीरहेका छन्। जसका कारण कर्णालीका गाउँगाउँमा कोरोना संक्रमण भुषमा आगोजस्तै सल्किएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय लगायत सरकारी कार्यालयका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमितको संख्या बढेको छ। कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण दर घटाउन अन्तरप्रदेश नाकामा स्वास्थ्यकर्मी पठाएपनि चेकजाँच हुन सकेको छैन।

प्रकाशित: ४ माघ २०७८ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App