१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरको एउटै नगरपालिकाका २२ जना कर्मचारीमा कोरोना संक्रमण

भक्तपुरको सूर्यविनायक नगरपालिकाका २२ जना कर्मचारीहरुलाई कोरोना लागेको छ। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कँंडेलसहित २२ जना कर्मचारीहरुलाई कोरोना लागेको नगरपालिकाले जनाएको छ।  

कोरोना लागेपछि नगरपालिकाको कार्यालय बन्द गरिएको छ। प्रमुख कार्यकारी अधिकृतसहित यति धेरैजनालाई कोरोना लागेपछि मुख्य गेट नै बन्द गरी सेवा वन्द गरेको थियो।  

नगरपालिकाले जनाए अनुसार हिजो सोमबारसम्ममा कार्यकारी अधिकृतसहित १४ जनालाई लागेको थियो। त्यही भएर मंगलबार पनि कार्यालय प्रवेश गर्ने मुख्य गेट नै वन्द गरी कर्मचारीहरु पीसीआर टेष्टमा जुटेका थिए। यही कारण सेवा वन्द गरिएको थियो।  

उता सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलमा वडा अध्यक्ष उपेन्द्र केसीसहित धेरैजनालाई कोरोनाले सताएपछि कार्यालय नै बन्द गरी विदा दिइएको छ। वडा प्रशासकीय प्रमुख अत्युतम खत्रीले वडाध्यक्ष, सदस्यहरुसहित कर्मचारीहरुलाई पनि कोरोना देखिएकोले मंगलबारदेखि माघ ७ गते शुक्रबारसम्म वडा कार्यालय वन्द रहने सार्वजनिक सूचना जारी गरेको थियो।  

भक्तपुरमा सूर्यविनायकसहित भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु छन्। यीमध्ये झण्डै एकहप्ता अगाडि मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई कोरोना भएको थियो।

प्रकाशित: ४ माघ २०७८ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App