४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ६१७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय १७ जनामा कोरोना संक्रमण भएको छ। ८ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २१ र ३ सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा आइतबार ३ सय १७ जना संक्रमित हुँदा सोमबार बढेर दोब्बरको संख्यामा वृद्धि भएको हो।  

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २ सय २७, सुनसरीमा १ सय २९, झापामा १ सय १६, धनकुटामा ४, इलाम, सोलुखुम्बु र भोजपुरमा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको हो।

मोरङको विराटनगरमा १ सय ९१, सुन्दरहरैँचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कटहरी र कानेपोखरी २–२, बेलबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ६, सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका ७–७, रामधुनीमा ३, बराहक्षेत्र र बर्जुमा २–२, गढी, भोक्राहानरसिंह र देवानगञ्ज १–१, झापाको विर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, कमल गाउँपालिकामा ३, बाह्रदशी र कचनकवलमा २–२, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको चुलाचुली र मांसेबुङमा १–१, सोलुखुम्बुको सोलुदुधकुण्ड र नेचा सल्यानमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा सोमबार १८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ८ महिला र १० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या २ हजार १ सय ८१ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ माघ २०७८ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App