१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै २४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ माघ २०७८ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App