४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३७९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ७९ जनामा कोरोना संक्रमण भएको छ। ७ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा ३ सय २४ र ३ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय ८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको हो।

मोरङको विराटनगरमा १ सय ६४, बुढीगंगामा ९, कटहरीमा ३, रंगेली, सुन्दरहरैँचा र जहदामा २–२, ग्रामथान, उर्लाबारी , धनपालथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा ४, बराहक्षेत्र र दुहबीमा २–२, इनरुवा, गढी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १७, दमकमा ९, भद्रपुरमा ८, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा २–२, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा शुक्रबार २५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ८ महिला र १७ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ हजार १ सय ३७ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० पुस २०७८ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App