५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

सरकारी सेवा लिन आउँदा खोप कार्ड अनिवार्य

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बैतडी प्रशासनले कडाइ गरेको छ। सरकारी कार्यालयमा सेवा लिन आउँदा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ।

कोरोना संक्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पु¥याउन खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

गृह मन्त्रालयको निर्देशन अनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने उनको भनाइ छ। कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्न पनि जिल्ला प्रशासन कायार्लयले आग्रह गरेको छ।

यस्तै घर बाहिर  वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ।  यस्तै २५ जना भन्दा बढी भेला नहुनुपर्ने र सामाजिक दूरी कायम गर्न पनि आग्रह गरिएको छ।

प्रकाशित: २९ पुस २०७८ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App