२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

२० हजार परीक्षण गर्दा ३८२ सङ्क्रमित

पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

हालसम्म चार हजार ९६९ जना सक्रिय सङ्क्रमित रहेका छन्। पछिल्लो समय थप २५२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार २१० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा  सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर छन्। दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन्।

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन्। नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको छ। हाल होमआइसोलेशनमा चार  हजार ७२८, संस्थागत आइसोलेशनमा २४१ आइसीयूमा ८९ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ। त्यसैगरी पछिल्लो समय ५९ हजार  ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

प्रकाशित: १७ पुस २०७८ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App