१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

श्वेत भैरब साकोसद्वारा आँखा शिविर

श्वेत भैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निःशुल्क आँखा शिविर गरेको छ।

जिल्ला सामुदायिक आँखा केन्द्र, च्याम्हासिंहको प्राविधिक सहयोगमा सो शिविर गरेको संस्थाले जनाएको छ। शिविरमा कूल १ सय ४६ जनाले आँखासम्बन्धी स्वास्थ्य सेवा लिएका थिए।

संस्थाको स्वास्थ्य उपसमितिको आयोजनामा जेँलास्थित संस्थाको प्राङ्गणमा भएको शिविरमा सहभागीमध्ये १२ जनामा मोतीबिन्दु देखिएको स्वास्थ्यकर्मी ताराबहादुर वाइबाले बताए।

मोतीबिन्दु देखा परेका बिरामीको शल्यक्रियासहित निःशुल्क उपचार हुने आयोजक समितिले जनाएको छ।त्यस्तै, सोही संस्थाको महिला उपसमितिको आयोजनामा अमिलो बनाउने तालिम पनि सम्पन्न भएको छ।

प्रकाशित: ११ मंसिर २०७८ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App