१४ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

झापाको बुद्धशान्ति र कनकाईमा ६–६, मेचीनगरमा ३, दमक र झापा गाउँपालिकामा २–२, गौरादह, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा १–१, सुनसरीको धरानमा ८ र इटहरीमा ५, मोरङको विराटनगरमा ४, उर्लाबारी र रंगेलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको कटारी, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा मंगलबार ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १३ महिला र २० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७८ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App