२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३९ जना कोरोना संक्रमणमुक्त, २१ थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २० महिला र १९ पुरुष रहेका छन्।

सोमबार प्रदेशमा २१ जनामा कोरोना संक्रमण भएको छ । ३ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो।

झापाको अर्जुनधारा, मेचीनगर, कनकाई, विर्तामोड, गौरादह, कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३, रंगेली र कटहरीमा १–१, सुनसरीको इटहरीमा २ र इनरुवामा १ र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: ५ मंसिर २०७८ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App