१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १४, सुन्दरहरँैचामा ६, उर्लाबारी र रंगेलीमा २–२, बेलबारी, बुढीगंगा र केराबारीमा १–१, सुनसरीको इटहरीमा ८, धरानमा ५, रामधुनीमा २, बर्जु र बराहक्षेत्रमा १–१, झापाको दमक र मेचीनगरमा २–२, कनकाई, भद्रपुर, बुद्धशान्ति, गौरादह, विर्तामोड र झापा गाउँपालिकामा १–१, इलामको चुलाचुली र सूर्योदयमा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधबार ५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २४ महिला र ३० पुरुष रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: २४ कार्तिक २०७८ १४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App