१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। 

महिलाको मंगलबार राती साढे १० बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले नागरिकलाई जानकारी दिए।  

भेरी अस्पतालमा यही कात्तिक १० गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएको थियो। उनी कात्तिक ९ गते नै अस्पतालमा भर्ना भएकी थिइन्। यो संगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३९ जनाको मृत्यु भइसकेको छ। यस्तै कोरोना संक्रमणबाट बाहिरी जिल्लाका ४ सय २७ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए।

प्रकाशित: १४ कार्तिक २०७८ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App