१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुको कृष्णगनर पालिकाको बहादुरगंजमा हैजा फैलिएको पुष्टी

कपिलवस्तुको कृष्णनगर नगरपालिकको ३ वटा वडामा हैजा फैलिएको पुष्टी भएको छ। गत असोज १८ देखि कृष्णगनरको ७, ८ र ९ नम्बर वडामा झाडापखाला फैलिएपछि गरिएको दिसा नमुना परीक्षणमा हैजाको जीवाणु फेला परेको हो।  

विश्व स्वास्थ्य संगठनको समन्वयमा २१ जना बिरामीको दिसा संकलन गरी परीक्षण गर्दा सो तथ्य फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए। काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४ जनामा हैजाको जिवाणु फेला परेको उनले जानकारी दिए। २१ नमुना मध्ये ५५ वर्षीय २ जना पुरुष, ७२ वर्षीय एक पुरुष तथा ५ वर्षीया बालिकामा हैजाको जिवाणु भेटिएको हो।  

यसैगरी पानीको प्रदूषण जाँच गर्न बिभिन्न स्थानबाट गत असोज २० गते लिइएको ४ वटा नमुना मध्ये एक जनामा दिसामा पाइने जिवाणु ईकोली फेला परेको थियो। यस्तै स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिभिन्न अनुसन्धानका क्रममा १५ वटा पानीको नमुना मध्ये ९ वटामा दिसामा पाइने ईकोली जीवाणु फेला परेको थियो। खुला दिसा तथा कमजोर सरसफाईका कारण त्यहाँ हैजा फैलिएको प्रमुख पाण्डेयले बताए।

हालसम्म यो प्रकोप पूर्ण रुपमा नियन्त्रणमा आई नसकेको उनले बताए। उनले सरसफाईमा बिशेष ध्यान दिनुपर्ने र उमालेर तथा क्लोरिन प्रयोग गरेर मात्र पानी पिउन आग्रह गरे। हालसम्म त्यहाँ ८ सय ९६ जना झाडापखालाका बिरामी फेला परेका छन्। कपिलवस्तु अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएका ४१ जना निको भई घर फर्किसकेका छन्।

यस्तै हालसम्म ८ सय ७७ जना निको भई घर फर्किसकेका छन्। प्रकोपमा ४ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ३१ आश्विन २०७८ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App