१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १७० जना कोरोना संक्रमणमुक्त, १६१ जनामा नयाँ संक्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ७० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। १ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। ८ सय २७ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४७ र १ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैँचामा ७, बुढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १, सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहबीमा ३, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र देवानगञ्जमा १–१, झापाको विर्तामोडमा ७, दमकमा ५,मेचीनगरमा ४, शिवसताक्षी, कनकाई र अर्जुनधारामा ३–३, हल्दिबारी र गौरादहमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१ र उदयपुरको त्रियुगामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी प्रदेशमा शुक्रबार संक्रमणमुक्त हुनेमा ८३ महिला र ८७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र ३ पुरुषको रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ आश्विन २०७८ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App