१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

थप ९६८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  

१६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गरिएको थियो।  

यस अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना निको भएका छन्।

यस्तै हालसम्म देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् भने ११ हजार १८० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १९ आश्विन २०७८ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App