८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा ३०३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ३ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १४ जनाको पिसिआर परीक्षण गर्दा २ सय २८ र ६ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार  पिसिआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्बुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ५०, बेलबारीमा १३, बुढीगंगा र सुन्दरहरैँचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा १४, मेचीनगरमा ११, दमकमा १०, भद्रपुर र अर्जुनधारामा ६–६, कनकाईमा ५, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, हल्दिबारीमा २, बुद्धशान्ति र बाह्रदशीमा १–१, सोलुखुम्बुको महाकुलुङमा ५०, सुनसरीको इटहरीमा २७, इनरुवामा ४, धरानमा ३, रामधुनी र बराहक्षेत्रमा २–२, गढीमा १, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा १–१, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रबार २ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ३६ महिला र १ सय २३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०७८ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App