२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

एकै पालिकाका सय जनाको निःशुल्क आँखा अपरेसन

रौतहटको एकै पालिकामा करिब सय जनाको आँखाको अपरेसन गरिएको छ। गौर आँखा अस्पतालले शिविर नै सञ्चालन गरेर आँखाको उपचार गरेकोमा अपरेसन गर्नुपर्ने अवस्थाका करिब सय जनाको निःशुल्क अपरेसन गरिएको हो।

रौतहटको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीमा अस्पतालले चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा आँखामा सामान्य समस्या देखिएकाहरुलाई औषधि तथा चस्माको सिफारिश गरिएको थियो भने अपरेसन गर्नुपर्ने अवस्थाका आँखा रोगीहरुलाई अस्पतालमा नै बोलाइएको थियो।

एकै पालिकाका आँखा रोगीहरुमध्ये असोज १० मा ४५, असोज ११ मा ३१ र असोज १२ मा २२ जनाको गरी तीन दिनमा ९८ जनाको सफल अपरेसन गरेको अस्पतालले जनाएको छ।  

अपरेसन गर्नुपर्ने अवस्थाका केही बिरामीमा रक्तचापको समस्या देखिएको र केही बिरामीको रगतमा चिनीको मात्रा बढी देखिएकोले केही दिनपछि आँखाको अपरेसन गर्ने जानकारी अस्पतालले दिएको स्थानीय नवीन सिंहले बताएका छन्।

गौर आँखा अस्पतालले हरेक वर्ष हजारौँ नेत्ररोगीको उपचार गर्दै आएको छ। प्रायः असोजदेखि फागुनसम्म विभिन्न ठाउँमा स्थानीय संघसंस्थासित मिलेर निःशुल्क आँखा शिविर पनि संचालन गर्दै आएको गौर आँखा अस्पतालले नेपाल र भारतका सीमावर्ती जिल्लाहरुमा निकै विश्वास आर्जन गरिसकेको छ।

प्रकाशित: १३ आश्विन २०७८ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App