८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण दर ८.३ प्रतिशत मात्र

सेप्टेम्बर महिनामा कोरोना भाइरसको संक्रमण दर ८.३ प्रतिशत मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले कोरोना परीक्षण गरिएका मध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र संक्रमण रहेको जनाइएको छ।  

अगस्ट महिनामा १३.६ प्रतिशत रहेकामा सेप्टेम्बर महिनामा त्यो झरेर ८.३ प्रतिशत मात्र रहेको मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा कोरोनाविरुद्धको खोप पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्ण मात्रा २८.३ प्रतिशतले लगाइसकेका छन्।  

अगस्ट महिनामा २४.५ प्रतिशतले पहिलो मात्रा र २०।५ प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए। अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्।

प्रकाशित: १३ आश्विन २०७८ ००:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App