coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा १ सय ८५ र ५ सय १ जनाका एन्टिजेन परीक्षण गर्दा १ सय १७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र धनकुटामा ३–३, उदयपुरमा २, ओखलढुङ्गा, ताप्लेजुङ, तेहृथुम, संखुवासभा, भोजपुर र खोटाङमा १–१ जनामा संक्रमण भएको हो। झापाको दमकमा १४, विर्तामोडमा १३, अर्जुनधारामा १०, मेचीनगरमा ९, कनकाई र कमल गाउँपालिकामा ७–७, शिवसताक्षीमा ६, भद्रपुरमा ५, बुद्धशान्तिमा ३, कचनकवल र झापा गाउँपालिकामा २–२, बाहृदशीमा १ जनामा संक्रमण देखिएको छ।  मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा ४, लेटाङमा ३, पथरीशनिश्चरे, कानेपोखरी, उर्लाबारी र मिक्लाजुङमा २–२, ग्रामथान, बुढीगंगा, सुनबर्षी, रतुवामाई, केराबारी, बेलबारी र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी, इनरुवा र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा ४, सुर्योदय र चुलाचुलीमा १–१ जनामा संक्रमण देखिएको छ। पाँचथरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको त्रियुगामा २, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका, ताप्लेजुङको स्थानीय तह नखुलेका, तेहृथुमको फेदाप, संखुवासभाको खाँदबारी, भोजपुरको पौवादुङ्मा र खोटाङको खोटेहाङमा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा मंगलबार  ३ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय ४६ महिला र १ सय ६१ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १२ आश्विन २०७८ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App