१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नयाँ संक्रमणभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ३ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ९ सय ५३ जना नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोरोना तथ्यांक अद्यावधिक गर्दै गएको २४ घन्टामा संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको जनाएको छ।

मन्त्रालयका अनुसार सो अवधिमा १० हजार ५७९ जनाको नमूना परीक्षण गरिएको थियो। परीक्षणमध्ये ७ हजार ५० को पीसीआर र ३ हजार ५२९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। सोही अवधिमा ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा १९ हजार ७ सयजना कोरोनामा सक्रिय संक्रमित छन्।

प्रकाशित: ९ आश्विन २०७८ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App